बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष प्रदेश समिति ७५ सदस्यीय बनाउन माओवादीको परिपत्र

सोमबार, १८ साउन २०७८, २० : ०५
सोमबार, १८ साउन २०७८

संगठन विस्तारमा आक्रमक ढंगले अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले प्रत्येक प्रदेशमा ७५ सदस्यीय विषेश प्रदेश समिति बनाउनेगरी ठोस प्रस्ताव तयार गर्न नेता लीलामणि पोखरेललाई जिम्मेवारी दिएको छ । आइतबार बसेको स्थायी समितिको निर्णय अनुसार अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र सचिवहरूलाई परिपत्र जारी गर्दै यस्तो जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष प्रचण्डको परिपत्रमा आगामी साउन ३० गतेभित्र सबै स्थानीय तह सबै वडा समितिहरु  गठन र पुनर्गठन गरी त्यसको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । जसको मापदण्ड समेत तोकिएको छ । महानगरपालिकाका वडा समिति बढीमा ४५ जना, उपमहानगरका वडामा बढीमा ३५,गाउँ,नगरपालिका वडा शाखामा २९, नगर टोलमा १९,पार्टी सेल समिति १५ जना नबढ्ने गरी कमिटीहरु गठन गर्न परिपत्रमा निर्देशन दिएको छ । त्यस्तै सेल समितिमा सचिवको व्यवस्था गर्ने र वडा समितिमा अध्यक्ष र सचिवको व्यवस्था गर्न पनि भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप