कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु
सोमबार, १८ साउन २०७८, २० : १०
कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।
मृत्यु हुनेमा ४ वर्षका एक बालक समेत रहेका छन् । उनका अनुसार अन्य मृतकहरु ३५ देखि ८० वर्ष उमेर समूहका रहेका छन् । यससँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४ हजार ६७ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा