शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो एनआरएन यूकेको अनलाइन भोटिङ

सोमबार, १८ साउन २०७८, २० : १८
सोमबार, १८ साउन २०७८

एनआरएन यूकेको नयाँ कार्यसमिति चयन गर्न आज सोमबार मध्यान्ह १२ बजेदेखि  अनलाइनको माध्यमबाट मतदान शुरु भएको छ । निर्वाचन मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। व्यक्तिगत इमेलमा पठाइएको लिंकमा क्लिक गरेर मतदान गर्नुपर्ने प्रावधान रहेको र लिंक क्लिक गरेपछि लामो समयको प्रतिक्षापछि मात्र मतदान गर्न पाइने छ । एनआरएन यूके इलेक्सन २०२१ ‘नेशनल’ र एनआरएन यूके इलेक्सन २०२१ ‘इंग्ल्याण्ड’ को लागि छुट्टाछुट्टै मतदान व्यवस्था गरिएकोले इमेलमा पठाइएका दुईवटा अलग अलग इमेलमा क्लिक गरेर मतदान गर्नुपर्नेछ ।

 पहिलोपटक अनलाइन प्रणालीमार्फत मतदान व्यवस्था गरिएकाले आम मतदातामाझ केही असजिलो र झन्झट हुने धेरैले पूर्वानुमान गरेका थिए । पूर्व निर्धारित कार्यतालिका अनुसार ३१ जुलाई शनिबार नै निर्वाचन हुनुपर्ने भएपनि निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै दुई दिन पर सारेको थियो ।

बेलायतमा बसोबास गर्ने नेपालीमध्ये पन्जीकृत सदस्यता लिएका ११ हजार ३ सय ६५ जना मतदानमा सहभागी हुन योग्य छन् । अध्यक्ष, उपाध्यक्षहरू, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा सदस्य गरी सबै पदमा निर्वाचन हुँदैछ । निर्वाचन परिणाम अगष्ट ५ तारिखसम्ममा आउने बताइएको छ ।

अध्यक्ष र महासचिवमा तीन, तीन जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरुमा दुई, दुई जनाको उम्मेदवारी परेको छ । सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । अनलाइन भोटिङको लागि ‘च्वाइस भोटिङ’ कम्पनीलाई जिम्मा दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप