बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

नेपाल प्रहरीले रु २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।