सिद्धबाबामा पहिरो खस्दा सह चालकको मृत्यु
सोमबार, १८ साउन २०७८, २१ : ५८
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबावामा पहिरोले जिप पुर्दा एकजनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप माथि खसेको पहिरोमा परेर स्याङ्जा वालिङ नगरपालिकाका २३ बर्षीय आशिष खाँण ठकुरीको मृत्यु भएको हो । पहिरोले पुरिएका खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवल ल्याउनासाथ साथ मृत्यु भएको लुम्बिनी प्रदेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
साँझ ८ बजेतिर भएको घटनामा चालक डिलु थापा सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । पहिरो खसेपछि केहीबेर सडक अवरूद्ध समेत भएको थियो । यो क्षेत्रमा पटक–पटक पहिरोका कारण सडक अवरुद्ध हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित