शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आयुष्मानले यस्तो भन्दा प्रियंकाले भनिन्, ‘पिटाई खान नपुगेको’

मङ्गलबार, १९ साउन २०७८, २२ : १८
मङ्गलबार, १९ साउन २०७८

नायिका प्रियंका कार्कीले अबको केही हप्ताभित्रै आफ्नो पहिलो सन्तान जन्माउने छिन् । सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनी बताउँछिन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सो कुरा बताउँदै आफू जीवनको अर्को सुन्दर चरणका लागि तयारसमेत भएको बताएकी छिन् ।

श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोस्ट गर्दै उनले श्रीमानको साथमा सबैकुरा सुन्दर हुने पनि बताएकी छिन् ।

यसका साथै आयुष्मानले पनि आफू र प्रियंकाको तस्बिर पोस्ट गर्दै आफू पनि यसका लागि तयार भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘म त्यो परिवर्तित जीवनका लागि तयार छु जसबारे तिमी बारम्बार कचकच गरिरहन्छौ ।’

आयुष्मानले आफ्नो कुरालाई कचकच भनेपछि प्रियंकाले उक्त पोस्टमा कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आची ! पिटाई खान नपुगेको ।’

आयुष्मानको यो पोस्टमा प्रियंकाको कमेन्टमा १५७ जनाले लाइक गरेका छन् ।

यस्तै यो पोस्टमा आयुष्मानकी आमा रबिना देशराज श्रेष्ठले पनि कमेन्ट गर्दै लेखेकी छिन्, ‘मेरा बाबाहरुलाई युगौं युग र त्यसपछिसम्म माया नै माया ।’

यस्तै, यसमा आयुष्मानका भाइ आशिरमान देशराज श्रेष्ठ जोशीले पनि यो फाटोलाई चाँडोभन्दा चाँडो फ्रेममा राख्नुपर्ने माग गरेका छन् ।

पछिल्लो समय प्रियंकाले बेबी बम्पसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेसँगै उनी बारम्बार चर्चामा आइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप