शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधिन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

मङ्गलबार, १९ साउन २०७८, १९ : ००
मङ्गलबार, १९ साउन २०७८

उदयपुर । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमका बीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो । 

विगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिए ।

बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप