शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोल्ड लुक्समा अनन्या

मङ्गलबार, १९ साउन २०७८, २० : २५
मङ्गलबार, १९ साउन २०७८


बलिउड अभिनेत्री अनन्या पाण्डे अक्सर चर्चामा रहने गर्दछिन् । उनको चर्चाको बिषय तस्बिर सुटदेखि फेसनसम्म बन्ने गरेका छन् । हालै पनि उनले नयाँ तस्बिर सुट गराएकी छन् । जुन तस्बिर सामाजिक संजाल चर्चाको बिषय बनेको छ ।
तस्बिरमा अनन्या कालो कलरको टप र स्कर्टमा देखिएकी छन् । कर्ली कपाल र सामान्य मेकअपमा पनि उनी निकै हट एण्ड बोल्ड  देखिएकी छन् । एक तस्बिरमा उनले एक हातमा ज्याकेट लिएर कारको अगाडि पोज दिएकी छन् ।
चर्चित अभिनेता चङ्की पाण्डेकी छोरी समेत रहेकी अनन्याले बलिउड ‘स्टुडेन्ट अफ द इयर २’ फिल्मबाट डेब्यु गरेकी हुन् । त्यसपछि उनी ‘पति पत्नी और वो’ र ‘खाली पीली’ जस्ता फिल्ममा समेत देखिएकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप