बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप १३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्या विगत ४ महिनायताकै उच्च हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २९ हजार ८८१ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ५४ लाख ८८ हजार ८५७ डोज खोप वितरण भइसेको छ । जसमध्ये चार करोड ६८ लाख ९८ हजार ५२५ जनाले खोपको पहिलो डोज र तीन करोड ८५ लाख ९० हजार ३३२ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी