शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

बुधबार, २० साउन २०७८, ०५ : ५८
बुधबार, २० साउन २०७८

वि.सं.२०७८ साल साउन २० गते । बुधवार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– एकादशी, दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– व्याघात, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण– बालव,दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १२ मिनेट उप्रान्त  तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृष,दिउसो ३ बजेर १९ मिनेट उप्रान्त मिथुन  । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलीले आफैलाई घाटा लाग्न सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । साँझको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरू समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्य बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूबाट न्यून आम्दानी हुनेछ । लामो दुरीको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ  । विद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केही खराबी हुन सक्छ ख्याल गर्नुहोला । साँझको समय राम्रो रहेकोले पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवारमा आत्मीयताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरू फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । साँझको समय मध्यम  रहेकोले प्रेममा तिक्तता आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ । साँझपख समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ भने गीत सङ्गीतमा रुचि बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समस्याका खाडलहरू पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरू थाती रहनेछ । साँझपख लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो यात्रा हुने हुँदा मन प्रसन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरू आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरू फराकिला हुँदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीले हरेक पाइलामा समर्थन पाइने  योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा प्रशस्त समय दिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था रहनेछ । सामाजिक काम गर्ने अवसर आए पनि जस नपाउँदा मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षले अनावश्यक झन्झट दिनेछन् भने माया प्रेममा आफ्नो मायालुलाई विश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । साँझको समय राम्रो रहेकोले व्यापारमा राम्रो नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छाती सम्बन्धी सामान्य समस्याले सताउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । साँझको समय मध्यम रहेकोले आमा वा आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ ।

तपाईँ दिन शुभ रहोस् ।
युवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप