शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा पोखियो नागरिकता नपाउनेहरूको आक्रोश (फोटोफिचर)

बुधबार, २० साउन २०७८, १३ : ३७
बुधबार, २० साउन २०७८

नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । 

नागरिकता नभएकै कारण आफूहरू अधिकारबाट वञ्चित हुनुपरेकाले समस्या समाधानको पहल लिइदिन उनीहरूको अनुरोध छ  । ‘नागरिकताबिहीन नेपालीहरू’ को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्दै उनीहरूले विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत माग राखेका थिए । 

उनीहरुले संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन समेत माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप