शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा विभिन्न घटनाका तीन अभियुक्त पक्राउ

बुधबार, २० साउन २०७८, १९ : ०८
बुधबार, २० साउन २०७८


पाल्पा जिल्लामा प्रहरीले  छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी  कार्यालय पाल्पाले फरार रहेको दुई अभियुक्तलाई पक्राउ गरेको छ भने एक जनालाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।

जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका बगनासकाली २ का २८ वर्षका नारायण बगाले र रामपुर १० का १९ वर्षीय नारन सुनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

गालेको सवारी ज्यान मुद्दामा एक महिना ६ दिन कैद तोकिएको छ भने सुनारलाई पशुपक्षीसम्बन्धी कसुर गोरु मारेको अभियोगमा ३ महिना ७ दिन कैद तोकिएको छ । उनीहरुलाइ पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । यस्तै करणीको अभियोगमा जिल्लाको रिब्दीकोट गाउँपालिका सुतिरहेकी ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने १७ वर्षीय युवकलाई पक्राउ गरेकी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप