शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’

बुधबार, २० साउन २०७८, १९ : ५२
बुधबार, २० साउन २०७८

तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर घाइते भएका छन् ।

आफ्नो स्वास्थ्यका लागि चिन्तित फ्यानका लागि उनले दुर्घटना पछिको आफ्नो स्वास्थ्य स्थिति सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । जसमा उनले आफु अबको ६ महिना हिँडडुल गर्न नसक्ने बताएकी छन् । ‘मेरो पेल्विक हड्डी धेरै भाँचिएको छ । म धेरै महिना ओछयानबाट उठ्न सक्षम छैन । यो मेरो दोस्रो जन्म हो’ उनले अगाडि लेखेकी छन्, ‘भगवानले मलाई दण्ड दिनुभएको छ ।’ उनको पोष्टमा फ्यानहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण उनी दुर्घटनामा परेको पुलिसले जनाएको छ । 

यशिकाले उक्त पोष्टमा दुर्घटनाबाट आफुलाई बचाएकोमा भगवानलाई धन्यवाद दिएकी छन् भने धेरै मिल्ने साथी गुमाउनु पर्दाको दोष समेत दिएकी छन् । यशिकाको उपचार अहिले चेन्नइको एक निजी अस्पतालमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप