शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टर फर्किए एरिक्सन

बुधबार, २० साउन २०७८, २० : ५८
बुधबार, २० साउन २०७८

क्रिस्टियन एरिक्स इन्टर मिलान फर्किएका छन् । यूरो २०२० मा डेनमार्कविरुद्धको शुरुवाती खेलमा कार्डियाक अरेस्टका कारण मैदानमा नै ढल्न पुगेका एरिक्सन पहिलोपटक आफ्नो क्लब पुगेका हुन् ।

इन्टरले एरिक्सनको मानसिक तथा शारीरिक अवस्था उत्कृष्ट रहेको बताएको छ । कार्डियाक एरेस्टपछि २९ वर्षीय खेलाडीको मुटुमा यन्त्रसमेत जडान गरिएको थियो । बुधबार इन्टरको ट्रेनिङ सेन्टरमा पुगेका एरिक्सनले सहकर्मी, स्टाफ तथा क्लबका अधिकारीहरुसँग तस्विर खिचाएका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Inter 🏆🇮🇹 (@inter)

इन्टरका अनुसार एरिक्सनले डेनिस डाक्टरहरुले तय गरेको रिकभरी प्रोग्रामलाई पालना गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने बताइएको छ । उनी कहिले मैदानमा फर्किनेछन् भन्ने चाहिँ खुलाइएको छैन ।

एरिक्सन सन् २०२० को जनवरीमा टोटनह्यामबाट इन्टर पुगेका हुन् । उनले इन्टरमा रहँदा ४४ खेलबाट ४ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप