शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच जनामा कोरोना देखिएपछि ग्रिसले पौडीमा भाग नलिने

बिहीबार, २१ साउन २०७८, ०९ : ००
बिहीबार, २१ साउन २०७८

टोकियो ओलम्पिकमा ग्रिस टोलीले आर्टिस्टिक स्विमिङमा भाग नलिने भएको छ । यस टोलीका ५ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको छ । ७ जना अन्य खेलाडी उनीहरुसँगको क्लोज कन्ट्याक्टमा थिए । 

त्यहीकारण उनीहरुले अब ओलम्पिक भिलेज छाडेर अन्यत्रै स्थानमा बस्नुपर्नेछ । टोकियो ओलम्पिकका आयोजकहरूले गत मंगलबार खेलसँग सम्बन्धित १८ जनामा कोभिड १९ देखिएको जनाएका थिए । 

यससँगै ओलम्पिकका दौरान संक्रमित हुनेको संख्या २ सय ९४ पुगिसकेको छ । कोरोनाकै कहरकै कारण यसपटकको ओलम्पिक दर्शक बिना नै आयोजना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप