शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुमराहको घातक बलिङसामु इङ्ग्ल्याण्ड निरीह

बिहीबार, २१ साउन २०७८, ०९ : १७
बिहीबार, २१ साउन २०७८

भारतविरुद्ध पहिलो टेस्ट म्याचको पहिलो दिन इङ्ल्याण्डको पहिलो पारी मात्र १८३ रनमा समेटिएको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्याण्डका लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए ।

भारतका लागि जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, मोहम्मद शमीले ३, शार्दूल ठाकुरले २ तथा मोहमद सिराजले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको भारतले पहिलो दिनको खेल समाप्तमा हुँदा बिना कुनै विकेट गुमाएर २१ रन बनाइसकेको छ । रोहित शर्मा र लोकेश राहुल ९–९ रन बनाएर खेलिरहेका छन् ।

इङ्ग्ल्याण्डको पहिलो पारीमा ४ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । एकै पारीमा इङ्ग्ल्याण्डका चार ब्याट्सम्यान शून्यमा आउट भएको यो दोस्रो अवसर हो । यसअघि अहमदाबादमा भएको खेलमा यस्तो भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप