शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत : बाढीको अवलोकन गर्न गएका गृहमन्त्री आफै फसे, एयर फोर्सद्वारा उद्धार

बिहीबार, २१ साउन २०७८, ०९ : २३
बिहीबार, २१ साउन २०७८

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा बुधबार दतियाको बाढी प्रभावित गाउँमा रेस्क्यू अपरेशनको अवलोकन गर्न पुगेका थिए । तर, उनी आफै फस्न पुगेका थिए । पछि एयरफोर्सको टोलीले उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको थियो ।

नरोत्तम मिश्रा दतियामा एनआरडीएफ को मोटरबोटमा लाइफ ज्याकेट लगाएर बाढी प्रभावित कोटरा गाउँ पुगेको थिए । उनले एक घरमा केही मानिसहरु फसेको देखेपछि आफै छतमा चढे । एसआरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृहमन्त्री आफै फसे ।

पानीको बहाव तीव्र भएका कारण मोटरबोट पनि त्यहाँ पुग्ने स्थिति बनेन । पछि एयरफोर्सको टोली पुगेर गृहमन्त्रीको उद्धार गरेको थियो । मन्त्रीभन्दा अघि चार जना स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको थियो ।

सिन्ध नदीमा बाढी कारण तटीय क्षेत्रमा रहेका गाउँमा पानी पसेको छ । नदीको जलस्तर बढेको कारण इन्दरगढ क्षेत्रको रुर र कुलैथ गाउँबीच सम्पर्क टुटेको छ । शिवपुरी ड्यामबाट पानी छाडिएका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप