शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोङ्गबुबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित ३ जना पक्राउ

बिहीबार, २१ साउन २०७८, ०९ : ४०
बिहीबार, २१ साउन २०७८

नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । 

बुधबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई पक्राउ गरेको हो ।

गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छोडेर भागेपछि प्रहरीले पिछा गर्ने क्रममा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । 

पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप