बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलम्पिक–भारतीय खेलाडी कुस्तीको फाइनलमा

बिहीबार, २१ साउन २०७८, १२ : ०४
बिहीबार, २१ साउन २०७८

भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् । 

फाइनलमा उनले दुईपटकका विश्व च्याम्पियन जावुर युगेऐको सामना गर्नेछन् । 
युगुऐवलाई हराउन सके रविले भारतीय कुस्तीमा नयाँ किर्तिमान राख्नेछन्, उनी ओलम्पिकमा भारतलाई स्वर्ण दिलाउने पहिलो खेलाडी हुनेछन् । 

रवि र युगुऐव दुबै अहिले शान्दार फर्ममा छन् । उनीहरुबीच २०१९ को विश्व च्याम्पियनसिपमा भिडिसकेका छन् । त्यतिबेला युगुऐव रविलाई ६–४ ले हराएका थिए । युगुऐवले स्वर्ण जितेको उक्त च्याम्पियनसिपमा रविले कास्य जितेका थिए । 
रविले २०२० र २०२१ को एशियन च्याम्पियनसिपमा स्वर्ण पदक जितिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप