शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षयको प्रेममा परेकी काजोल पार्टीमा गर्थिन् पिछा

बिहीबार, २१ साउन २०७८, १२ : ४५
बिहीबार, २१ साउन २०७८

बलिउडकी सुन्दर अभिनेत्री काजोल र सुपरस्टार अजय देवगनको प्रेमसम्बन्धको सुरुवात ९० को दशकमा भएको थियो । एक अर्काको प्रेममा परेका अजय र काजोलले प्रेमको सुरुवातमा नै विवाह पनि गरे । काजोल अहिले ४७ औँ जन्मदिन मनाइरहेकी छन् । 

काजोलको जन्म सन् १९७४ को अगस्ट ५ मा भएको थियो । उनले सानै उमेरमा बलिउडमा कदम राखेकी हुन् । उनको पहिलो फिल्म सन् १९९२ मा ‘बेखुदी’ रहेको थियो ।

त्यसपछि काजोलले शिल्पा शेटट्ी र शाहरुख खानसँग ‘बाजीगर’ मा काम गरिन् । 

काजोलले फिल्म क्षेत्रमा काम गर्न सुरुवात गरेसँगै सफलता पनि हात पार्दै गइन् । फिल्म क्षेत्रमा काम गर्दै गर्दा काजोलले अक्षय कुमारलाई मन पराउन थालिन्  । अक्षयले पहिलो फिल्मबाट नै काजोलको मन जितिसकेका थिए । काजोलले पार्टीहरुमा पनि अक्षयको पिछा गर्न थालेकी थिइन् । 

काजोल फिल्म निर्माता करण जौहरको मिल्ने साथी पनि हुन् । एक पटक ‘द कपिल शर्मा शो’ मा  करणले भनेका थिए, ‘काजोलले अक्षय कुमारलाई खोजिरहेको थिइन् सोही समय म काजोलसँग ठोक्किएको थिएँ ।’

करणले अगाडि भनिन्, ‘ काजोल मलाई पनि अक्षय कुमारलाई खोज्न आग्रह गर्दै थिइन् । सो समयमा अक्षय कुमार त भेटिएनन् तर मसँग काजोलको दोस्ती भने निकै गहिरो हुन पुग्यो । पछि काजोल र अजयको भेटघाट भयो अजयको भेटघाट भयो ।’

काजोलले यशराज ब्यानरको फिल्म ‘दिल्लगी’ मा अक्षय कुमारसँग काम गरेकी थिइन् । यो फिल्म हिट त भएन तर यसको गीत अहिले पनि चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप