बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद विमलाको दावी– शौचालयको चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेँ

बिहीबार, २१ साउन २०७८, १४ : ०१
बिहीबार, २१ साउन २०७८

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई साउन १५ गते अपहरण शैलीमा बुटवल ल्याइएको र मुख्यमन्त्री निवासमै बन्दी बनाएर राखिएको बताइन् । उनले साउन २० गतेमात्र आफू त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

साउन २० गते दिनको करिब पौने १२ बजे सबै आराम गरिरहेको मौका छोपेर आफू मुख्यमन्त्री निवासबाट भागेको उनको भनाइ छ ।

‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ,’ उनले प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ ।’

आफू त्यतिबेला मानसिक रुपमा निकै थकित भएको हुनाले साउन २० गते नै सार्वजनिक हुन नसकेको उनले बताइन् । 
‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुप¥यो,’ उनले भनिन्, ‘नेकपा एमालेले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ ।’
उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको र सो पार्टीप्रति नै पूर्ण प्रतिबद्ध रहेको पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप