बूढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि आवेदन खुला (सूचनासहित)
राजधानीको बूढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरिएको छ । बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तरगत शिक्षा मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भइ कम्तीमा २ वर्ष अघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ अध्ययन पुरा गरेका छात्र–छात्राले आवेदन दिन सक्नेछन् ।
आवेदनपछि छनौटमा परेकाले निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनको अवसर त्यस्ता छात्रछात्राले पाउनेछन् ।
इच्छुक उम्मेदवारले स्कुल वा शिक्षा विभागको वेबसाइटबाट फाराम डाउनलोड गरी आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु अगावै बुझाउनुपर्नेछ । परीक्षा मिति साउन ३० गते शनिबार ११ बजेका लागि तोकिएको विद्यालयका प्राचार्य होमनाथ आचार्यले बताए ।
परीक्षा केन्द्र इलाम, विराटनगर, हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट, दोलालघाट, हेटौंडा, गोरखा, बेसीसहर, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, चौरजहारी, जुम्ला, अत्तरिया र डडेलधुरामा चयन गरिएको छ । यस्तै काठमाडौंको हकमा बूढानीलकण्ठ स्कुलमै परीक्षा केन्द्र तय गरिएको छ।
यो कार्यक्रमअनुसार जिल्ला नदोहोरिने गरी ७७ जना छनौट हुने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै