शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने १४ अर्ब घटेन

बिहीबार, २१ साउन २०७८, १५ : २९
बिहीबार, २१ साउन २०७८

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । 

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् । 

यद्यपि, अधिकतम १६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्ब माथि रहेको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ । 

गत बुधबार १२.०५ अंकले बढेर नेप्से हालसम्मकै उच्च ३१ सय २३.१४ विन्दुमा पुगेको दिन १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप