शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको निर्वाचन इतिहास- २ तथा निर्वाचन प्रश्नोत्तर विमोचन

बिहीबार, २१ साउन २०७८, १६ : ३२
बिहीबार, २१ साउन २०७८

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य चार आयुक्तहरुले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास—२ र निर्वाचन प्रश्नोत्तर’ नामक दुई पुस्तक संयुक्त रुपमा विमोचन गरेका छन् । बिहीबार आयोग कार्यालयमा भएको उक्त विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले दुवै प्रकाशनहरू आयोगका ऐतिहासिक दस्तावेज भएको बताए । 

निर्वाचन सम्वन्धी विषयका अध्येता, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, संघसंस्था, आमनागरिक  लगायत निर्वाचनका सबै सरोकारवालाका लागि यी प्रकाशनहरू बहुउपयोगी हुने प्रमुख आयुक्त
थपलियाले विश्वास व्यक्त गरे । सो अवसरमा उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी वनाउन  निर्वाचनसँग सम्बन्धित विषयहरूमा आम नागरिक लगायत सरोकारवालाहरूलाई जानकारी एवम् 
सुसूचित गराउनु निर्वाचन आयोगको दायित्व भएको समेत बताए । 

नेपालको निर्वाचन इतिहास—२ पुस्तकमा वि.सं २०७४ सालमा सम्पन्न भएका स्थानीय तह,  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, राष्ट्रियसभा सदस्य, राष्ट्रपति तथा उपराष्ट्रपतिको  निर्वाचनका साथै वि.सं २०७६ सालमा सम्पन्न सबै तहका उपनिर्वाचन लगायतका विषयहरू  समेटिएका छन् । पुस्तकमा ९ वटा खण्ड र ७७ वटा परिशिष्ट रहेका छन् । 

जसमा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था, निर्वाचनसँग सम्बन्धित ऐन÷कानून, निर्वाचनमा  जनशक्ति व्यवस्थापन, तालिम, निर्वाचन पर्यवेक्षण, सूचना प्रविधि एवम् प्रणाली व्यवस्थापन,  निर्वाचन विवाद र त्यसको निरुपण जस्ता पक्षहरू समावेश गरिएका छन् । 

निर्वाचन सञ्चालन तथा व्यवस्थापन एवम् निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न प्रश्न र तिनका  उत्तरहरू समावेश गरिएको निर्वाचन प्रश्नोत्तरमा १० वटा परिच्छेद अन्तर्गत जम्मा ६८० वटा प्रश्न  र तिनका उत्तर समावेश गरिएको छ । यसमा निर्वाचन इतिहास, लोकतन्त्र, निर्वाचन र निर्वाचन  प्रणाली, संविधान, निर्वाचन कानून र निर्वाचन विवाद निरुपण, निर्वाचन आयोग, राजनीतिक दल  दर्ता र नियमन, मतदाता दर्ता, मतदाता नामावली र मतदान परिचयपत्र, निर्वाचन व्यवस्थापक राजनीतिक वित्त र निर्वाचन खर्च, निर्वाचनमा प्रविधि र आमसञ्चार लगायत निर्वाचनका विविध  पक्षहरू समावेश छन् । 

कार्यक्रममा आयोगका सचिव सुरेश अधिकारीले उल्लेखित पुस्तकहरूमा भएका विषयका  सन्दर्भमा संक्षिप्त प्रस्तुतिकरण दिएका थिए ।  त्यस्तै बिहीबारै प्रमुख आयुक्त थपलियासहितका आयुक्तहरुले आयोगका नीतिहरू तथा आचारसंहिता पनि विमोचन गरेका छन् । 

नीति तथा आचारसंहिता निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, २०७७ , निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७, निर्वाचन आयोगमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७७  र निर्वाचन आयोगका पदाधिकारीको आचारसंहिता, २०७८ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप