शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि

बिहीबार, २१ साउन २०७८, १६ : ३९
बिहीबार, २१ साउन २०७८

पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।  यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।  यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप