शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रहस्यमयी गाउँ : मानिसदेखि जनावरसम्म सबै दृष्टिविहीन, यस्तो छ कारण

बिहीबार, २१ साउन २०७८, १७ : ११
बिहीबार, २१ साउन २०७८

तपाई दुनियाँ धेरै रहस्यमय कुराहरूबारे सुन्नु भएको हो । दुनियाँमा यस्तै एउटा गाउँ पनि छ, जहाँ सबै दृष्टिविहीन छन् । तपाईलाई यकिन नलाग्ला, तर यो साँचो हो ।  यो गाउँ मेक्सिकोस्थित टिल्टेपक हो । यसलाई ‘दृष्टीविहिनको गाउँ’ भनिन्छ । यहाँ जनावरदेखि मानिससम्म कसैले पनि आँखा देख्दैनन् । 

यस गाउँमा जेपोटेक समुदायका जनजातिहरू बस्छन् । बच्चाहरु जन्मदा ठीकठाक नै हुन्छन् । तर, जन्मिएको केही दिनमै उनीहरुको दृष्टी गुम्छ । गाउँबासीहरु यहाँको एक रुखका कारण सबैको आँखाको दृष्टी गुमेको ठान्छन् । उनीहरुका अनुसार यहाँ लावजुयला नामक एक रहस्यमयी रुख छ, जसलाई देख्नासाथ मानिस र पशुपंक्षी सबैको दृष्टी गुम्छ । 

यद्यपी, वैज्ञानिकहरु यस तर्कमा सहमत छैनन् । उनीहरुका अनुसार यहाँ एक खतरनाक विषालु किरा छ, जसकारण यस्तो अवस्था निम्तन्छ ।  उनीहरुका अनुसार यो किराले टोकेपछि मानिसहरुको आँखाको दृष्टी गुम्छ । गाउँका सबै मानिस झुपडीमा बस्छन् । यस गाउँमा  झन्डै ७० झुपडी छन्, जसमा झन्डै ३ सयको जनसंख्या बस्छ । सबै दृष्टिविहिन छन् । कुनै पनि झुपडीमा झ्याल पनि छैन ।

रिपोर्टका अनुसार गाउँमा कोही न कोहीको दृष्टि ठिक हुनुपर्छ, जसको सहारामा बाँकी सबै मानिसहरु बाँच्न सफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप