कर्णाली राजमार्गमा बसले जिपलाई ठक्कर दिँदा ७ जना घाइते

person explore access_timeसाउन २१, २०७८ chat_bubble_outline0
तस्बिर : दैलेख प्रहरी


कर्णाली राजमार्गमा बिहीबार यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा जिपमा सवार तीन जना बालबालिका सहित सात जना रहेको प्रहरीले जानकारी दिएको छ । 

दैलेखेको ठाटीकाँध गाउँपालिकाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१ नम्बरको बसले चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रामाघाटमा ठक्कर दिएको हो। 

घाइते हुनेमा सबैजना ठाटीकाँध गाउँपालिकाका रहेको दैलेख प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते हुनेमा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीया मनिषा सारु मगर, २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, ९ वर्षीया जीवन बोगटी, ७ वर्षीया कमला लामिछाने, १ वर्षीया लिजा आलेमगर रहेका छन् । यस्तै कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी पनि घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र घाइतेहरूको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक राजेश साहुले बस, जिप र दुवै सवारीमा चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Ads by Adalytics