बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुनमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

बिहीबार, २१ साउन २०७८, २१ : ३६
बिहीबार, २१ साउन २०७८

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्लटिङमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बा ५ ख १८६० नम्बरको टिप्पर पल्टिएर सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए ।

प्रहरीले टिपरका सह–चालक  लक्ष्मण तामाङलाई पक्राउ गरेको छ । सह–चालकले टिप्पर चलाएको र उकालोमा ब्रेक नलागेपछि हाम्फालेका सोमबहादुरलाई टिपरले किचेको नेपाली काँग्रेसका वडा सभापति देवेन्द्र गिरीले बताए । रोडा लोड भएको टिप्पर चालकले सह–चालकलाई चलाउन दिएका थिए । चालक फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप