शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पोखरेलको टिप्पणी– प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ

बिहीबार, २१ साउन २०७८, २१ : ४५
बिहीबार, २१ साउन २०७८

सांसदलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा धारणा राख्दै उनले दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै आफूमाथिको आरोपलाई हलुका ढंगमा लिएका छन् ।

उल्लेखनीय छ, लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखिएको आरोप लगाएकी हुन् । उनले सबैजना आराम गरिरहेको मौका छोपेर शौचालयको चप्पल लगाएकै अवस्थामा आफू त्यहाँबाट भाग्न सफल भएकोसमेत बताएकी छन् ।

पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य वली स्वयंले मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाए पनि फेसबुकमार्फत प्रतिकारात्मक टिप्पणी गरेका पोखरेलले ‘प्रतिपक्षी आरोप’ का रुपमा हलुका ढंगले लिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप