शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी मोडल काइली जेनरको उपहार : ‘गुड न्यूज’ र ‘टपलेस तस्बिर’

शुक्रबार, २२ साउन २०७८, ११ : १७
शुक्रबार, २२ साउन २०७८

अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् । 

उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् । 

उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको मेकअप स्मोकी छ । गोल्ड हुप्स र फुल ब्लोआउटमा उनको सुनौलो रुप खुलेको छ ।

उनले तस्बिरसँगै ब्युटी ब्रान्डको पनि शुभ समाचार प्रस्तुत गरेकी छन् । उनले आफ्नो जन्मदिनमा २४,००० गोल्ड थिमवाला संग्रह लन्च गर्ने घोषणा गरेकी छन् । 

उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘वाह ! मेरो जन्मदिन अवको ८ दिनपछि रहेको छ । मेरो २४ औँ जन्मदिनमा २४,००० गोल्डेन थिममा ब्युटी प्रोडक्ट्स लन्च हुनेछ । म यो कलेक्शन आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गर्न सक्दिन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप