बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिसिल्डको दोस्रो मात्रा पाँच प्रदेशका नागरिकले साउन २५ गतेदेखि पाउने

शुक्रबार, २२ साउन २०७८, १७ : १०
शुक्रबार, २२ साउन २०७८

कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा समयमै लगाउन नपाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि दोस्रो मात्रा पाउने भएका छन् ।
 दोस्रो मात्राको पखाईमा बसेका १३ लाख ३८ हजार नागरिकलाई खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । भुटानबाट (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप बिहिबार नेपाल आइपुगेको छ ।  सरकारले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई कोभिसिल्डको खोपको दोस्रो मात्रा साउन २५ बाट दिन सुरु गर्ने खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । 

जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको १६ लाख मात्रा एस्ट्रजेनेका खोप मध्ये शनिबार र आइतबार गरी दुई खेपमा ८ लाख मात्रा काठमाडौं आइपुग्ने डा. गौतमले बताए ।  प्रदेश नम्बर १ र २ मा कोभिशिल्ड खोपको दोस्रो मात्राको अभियान केही दिनमै सुरु गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप