बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

शुक्रबार, २२ साउन २०७८, १९ : ५२
शुक्रबार, २२ साउन २०७८

शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।  प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या बढेर ८४६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमुख डा.रविन खड्काले शुक्रबार कोरोना संक्रमणका कारण सुर्खेतमा २ जनाको मृत्यु भएको जानकारी दिए । केही समयदेखि कर्णालीमा मृत्युदर शून्यमा थियो ।  
योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप