घण्टाकर्ण राक्षसको मुखमा आगो, तस्बिरमा हेर्नुहोस् भक्तपुरको नेवारी पर्व
शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्‍हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ ।
भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।
राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा लग्ने चलन छ । यो क्रममा अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाउने प्रचलन छ ।
परापूर्व कालमा दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाउने गरिएको जनविश्वास छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण