उदयपुर प्रहरीको अयोजनामा ‘रन फर फन’ प्रतियोगिता
जिल्ला प्रहरी कार्यालय उदयपुरले ८ किलोमिटर लामो दौड प्रतियोगिता ‘रन फर फन’ आयोजना गरेको छ । शनिवार १३५ जनाको सहभागितामा दौड प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दौडमा प्रथम हुनेलाई १५ सय, दोस्रो स्थान जित्नेलाई १ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५ सय नगद पुरस्कार प्रदान गरिएको छ । कार्यालय सहयोगीतर्फ नवराज परियार प्रथम भएका छन् । ३५ वर्षसम्मको उमेर समूहमा रमेश चौधरी र ३५ वर्षभन्दा माथिको उमेर समूहमा कालुप्रसाद दराउ प्रथम भएका छन् । महिलातर्फ उषा राईले प्रथम स्थान हासिल गरेकी छिन् ।
कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, सेनाको रणशार्दुल गणका गणपति अर्जुन बोहरा, उदयपुरका एसपी सुवासचन्द्र बोहरा र सशस्त्र प्रहरी बल गण नम्बर–५ का एसपी सुधीर सुवेदी सहभागी थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले भुँडी ठुलो भएका प्रहरीलाई दैनिक दौडमा सहभागी गराउने गरेको छ ।
‘स्मार्ट पुलिस’ तयार गर्नका लागि ठुलो भुँडी भएका प्रहरीलाई दौडाउने गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटी बताए । ‘भुँडी ठुलो भएका प्रहरी कर्मचारीलाई बिहान दैनिक १० किलोमिटर दौडाउँछौँ’ एसपी बोहराले भने–‘उनीहरुसँगै म पनि दौडिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू