शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा आधा जनसंख्याले मात्र लगाए कोभिड विरुद्धको खोप

शनिबार, २३ साउन २०७८, २१ : १९
शनिबार, २३ साउन २०७८

अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।  विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको सङ्ख्या तीव्र रुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् । 

अपेक्षित रुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ ।  खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो । 

कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप