परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन
सोमबार, २५ साउन २०७८, १२ : ५५
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए ।
उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक माध्यम अपनाउन माग गरिन् । कोरोना कहरका बीच परीक्षा सञ्चालन गरिएको भन्दै ट्वीटरमा #क्यान्सिलटीयूएक्जाम ट्रेन्डिङ मै परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने