बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँको सिजन युवा क्लबलाई अशोक लेलैण्डको एमबुलेन्स हस्तान्तरण

सोमबार, २५ साउन २०७८, १८ : ४५
सोमबार, २५ साउन २०७८

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

कार्यक्रममा आइएमई मोटर्सको कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएको बताएको छ ।

कार्यक्रममा बोल्दै श्रेष्ठले डुम्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्स गैर–नाफामुलक संस्थाद्वारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए । 

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यम बाट बिक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप