बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, ६ आवेदकले पाए ११/११ कित्ता

मङ्गलबार, २६ साउन २०७८, १२ : १७
मङ्गलबार, २६ साउन २०७८

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो । 

उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने, स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

जसमध्ये ६ जना भाग्यशाली आवेदकले ११/११ कित्ताका दर सेयर हात पारेका छन् ।

कम्पनीले एक सय रुपैयाँ अङ्कित कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेकोमा १४ हजार ७२६ कित्ता कर्मचारी, ३६ हजार ८१४ कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप