राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा, ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मंगलबार क्रेडिट कार्ड सेवा शुरु गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरे ।
समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ्ग तर्फ बैंक अगाडि बढिरहेको बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना दिए ।
समारोहमा उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।
डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सिमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
महोत्तरीमा उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमा उपमेयरका श्रीमान पनि कुटिए
-
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
-
अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, तोकियो ३० वर्षको जेल सजाय
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’