बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जानी राखौँ तालीका यी फाइदाहरू

मङ्गलबार, २६ साउन २०७८, १६ : ३२
मङ्गलबार, २६ साउन २०७८

तालीबारे हामी सबैलाई के लाग्छ भने कसैको सफलता, असफलतामा उनीहरूलाई प्रोत्साहन वा सान्त्वना दिन मात्रै प्रयोग हुन्छ । तर विभिन्न अनुसन्धानहरूले तालीका थुप्रै फाइदा पत्ता लगाएका छन् । मानव शरीरमा थुप्रै नाडीहरू तथा रक्तनलीहरू फैलिएर रहेका हुन्छन् । विज्ञानका अनुसार मानव शरीरमा ७० खर्बभन्दा धेरै नाडीहरू हुन्छन् । यिनीहरू एकअर्कासँग जोडिएका छन्, जसले गर्दा एकको प्रभाव अर्कोमा पर्न जान्छ ।

हाम्रो हत्केलामा केही यिनै नाडी तथा रक्त नलीहरूको अन्तिम भाग टुङ्गिएका हुन्छन् । हामीले ताली बजाउँदा यिनीहरू सक्रिय हुन्छन् । साथै हाम्रो हत्केलामा रहेका ३० वटाभन्दा बढी एक्युप्रेसर पोइन्टहरू पनि सक्रिय हुन जान्छन् । यिनीहरू पेट, तल्लो ढाड, घाँटी, किड्नी जस्ता अङ्गसँग जोडिएका हुन्छन् । ताली बजाउँदा यी अङ्गहरूले पनि फाइदा लिइरहेका हुन्छन् । यी पोइन्टहरू सक्रिय हुनाले हाम्रो शरीरमा ऊर्जाको राम्रो प्रवाह हुन जान्छ । यसले हामीलाई खुसी र सक्रिय बनाउँछ ।

नियमित ताली बजाउनाले हाम्रो रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले हाम्रो फोक्सोलाई स्वस्थ्य बनाएर स्वास फेर्न सहज बनाइदिन्छ । ताली बजाउनाले दम, रक्तचाप, पाचन प्रक्रियामा पनि सुधार ल्याउँछ । अझ विशेषगरी बालबालिकाहरूले यसबाट विशेष लाभ लिन सक्छन् । यसबाट उनीहरूको शैक्षिक क्षेत्रमा पनि सुधार आउँछ । नियमित ताली बजाउने बच्चाको लेखनमा सुधार आउँछ । दिमाग तेजिलो हुनुको साथै उनीहरू धैर्य र कुनै पनि कुरामा ध्यान दिन सक्ने बानीको विकास हुन्छ । उनीहरूले स्पेलिङ बिगार्ने सम्भावना पनि कम हुन्छ ।

तालीले हाम्रो शरीरमा ह्वाइट सेल बढाइदिन्छ, जसको काम किटाणुसँग लड्न मद्दत गर्नु हो । तसर्थ तालीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । नियमित ताली बजाउनाले हड्डीसम्बन्धी समस्या, दुखाइमा पनि सुधार आउँछ । ताली बजाउँदा हाम्रो शरीरले एन्डोरफिन हर्मोन उत्पादन गर्छ । यो हर्मोनले शरीरको दुखाइहरूबाट मुक्ति दिलाउँछ । तालीले रिस, अतिरिक्त तनाव, डिप्रेसन, निन्द्रा नलाग्ने, टाउको दुख्ने जस्ता समस्यामा सुधार ल्याउन मद्दत गर्छ । हामीहरूलाई आश्चर्य लाग्न सक्छ । तालीले आँखाको समस्या र कपाल झर्ने समस्यामा पनि सुधार ल्याउँछ । योगका अनुसार हाम्रो ५ औँलाले ५ तत्त्वलाई जनाउँछ– जल, पृथ्वी, आकाश, वायु, अग्नि । ताली बजाउनाले हाम्रो शरीरमा यी पाँच तत्त्व सन्तुलनमा आउँछन् ।

त्यसैले आफ्नो शारीरिक स्वास्थ्यलाई ध्यानमा राखेर घरमै बसेर नियमित रूपमा ताली बजाउन सकिन्छ ।     

-अजिता नेपालबाट                                         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप