प्रहरीको शान्ति मिसनको प्रश्नपत्र लिक प्रकरण : ३ जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस
शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानबिन सकिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन सकेर बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन ५ सय ५० पृष्ठको छ ।
समितिले ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ ।
साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।
प्रश्नपत्र प्रहरी प्रधान कार्यालय स्थित युएन शाखाका एसपी अनुपम शम्शेर जबराको टेबलको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले चोरेर हवल्दार कुमार शाह मार्फत लिक गराएको छानबिनबाट पुष्टि भएको छ ।
छानबिन समितिले युएन शाखाका एसपी अनुपम शम्शेर जबरा र डिएसपी रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी खड्का परीक्षार्थी हुन् । हवल्दार कुमार शाहले समितिसँगको बयानमा डिएसपी खड्कालाई आफूले प्रश्नपत्र दिएको स्विकारेका थिए ।
शान्ति मिसनको प्रश्नपत्र १ सय १९ जना परीक्षार्थीहरूको हातमा पुगेको छानबिनबाट थाहा भएको छ । ‘प्रधान कार्यालयबाट तेस्रो लेयरसम्म प्रश्नपत्र लिक भएको देखियो’ समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘प्रश्नपत्र लिक गराउने र पाउने समेत गरि करिब ३६ जनालाई बोलाएर सोधपुछ गरेका थियौँ ।’
साउन १५ र १६ मा चार सेटको प्रश्न तयार गरेर परीक्षा लिइएको थियो । चारवटै सेटको प्रश्नपत्र लिक भएको समितिको निष्कर्ष छ ।
परीक्षा रद्द गर्न सिफारिस
सवैतिर प्रश्नपत्र लिक भएको हुनाले समितिले परीक्षा रद्द गर्न सिफारिस गरेको छ । ‘परीक्षा रद्द गरेर नयाँ परीक्षा सञ्चालन गर्न समितिले सुझाव दिएको छ’ प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीसँग भने–‘संलग्नलाई कारबाही गर्न र युएन शाखामा विगतदेखि नै लापरबाही हुँदै आएको निष्कर्ष सहित छानबिन समितिले आगामी दिनमा सुधार गर्नुपर्ने सुझाव दिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान