शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बुधबार, २७ साउन २०७८, ११ : २०
बुधबार, २७ साउन २०७८

बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् । आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप