शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा सक्रिय संक्रमितको संख्या ९३२ पुग्यो

बुधबार, २७ साउन २०७८, १८ : १७
बुधबार, २७ साउन २०७८

कर्णाली प्रदेशमा संक्रमितको संख्या ९३२ जना पुगेको छ । पछिल्लो दुई सातादेखि प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको ग्राफ बढेसँगै संक्रमितको संख्यामा पनि बृद्धि भएको हो । यस्तै बुधबार कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ  । ६६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ र १९७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट ३१ हजार १६५ जना प्रभावित भएका छन् । बुधबार सबैभन्दा धेरै सुर्खेतमा ३८ जनामा कोरोना देखिएको छ । पछिल्लो एक साताको तथ्याङ्क हेर्दा सुर्खेतमा पुनः कोरोना संक्रमण दर बढेको देखिन्छ । यस्तै रुकुम पश्चिममा ८, मुगुमा ५, कालिकोटमा ४, जुम्ला र सल्यानमा २÷२, दैलेखमा ४ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशमा बुधबार ५९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५६ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप