बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
ज्योतिष कुना

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

बिहीबार, २८ साउन २०७८, ०५ : ५७
बिहीबार, २८ साउन २०७८

वि.सं.२०७८ साल साउन २८ गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराफाल्गुनी, बिहान १० बजेर १० मिनेट उप्रान्त हस्त । योग– सिद्ध, बेलुकी ०६ बजेर २८  मिनेट उप्रान्त साध्य । करण– भद्रा, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त बव, रातको  ०२ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । 

चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साइड लाग्नेछन् । आफ्नो बिशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरू सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने छ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको गाठो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परेको भान हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आउने ठाउँबाट रुपैया पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप