शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीपीमा छापा मारेसँगै अख्तियारले यसरी गर्दैछ छानबिन (भिडियोसहित)

बिहीबार, २८ साउन २०७८, १४ : ०८
बिहीबार, २८ साउन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेर छानबिन थालेको छ । अख्तियारको टोलीले बिहीबार छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको टोलीका नेतृत्व गरेर आएका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए । 

 ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र इटहरीमा आएका उजुरीका बारेमा छानविन गर्न आएका हौं,’ प्रहरी उपरीक्षक तामाङले भने, ‘भर्खरै छानविन सुरु भएको छ ।’

तामाङसहित अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छानविन थालेको हो । छानविनका क्रममा शंका लागेका दस्तावेजहरु नियन्त्रणमा लिने र केही आवश्यक दस्तावेज अध्ययन गर्ने तामाङले जानकारी दिए ।

​उनका अनुसार खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको दाबीका साथ अख्तियारमा उजुरीहरु परेका छन् ।
प्रतिष्ठानमा अनियमितता भएकोबारे पटक पटक आवाज उठ्ने गरेको थियो । प्रतिष्ठानकै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले समेत यसबारे आवाज उठाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप