शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री प्रदान

बिहीबार, २८ साउन २०७८, १६ : ४०
बिहीबार, २८ साउन २०७८

पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको छ । १ करोड ९० लाख रुपैयाँ बराबरका यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् । यी सबै उपकरण पाकिस्तानमै तयार भएका हुन् । 

पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड– १९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अदनान जाभेद खानले नेपाललाई कोरोना महामारीको नियन्त्रण र उपचारमा पाकिस्तानले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा.पोखरेलले सहयोगका लागि पाकिस्तान सरकार र पाकिस्तानी जनताप्रति आभार व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप