प्रहरीको शान्ति मिसनको प्रश्नपत्र लिक प्रकरण : हवल्दार र जवान निलम्बित, प्रि–स्याट परीक्षा रद्द
शान्ति मिसनमा जान प्रहरीले लिएको आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएपछि सो परीक्षा रद्द गरिएको छ । साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षा रद्द गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।
प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन गरेर सो परीक्षा रद्द गर्न सिफारिस गरेको थियो । समितिले बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
समितिले ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको थियो । सिफारिस अनुसार हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको छ ।
प्रहरी नायव निरीक्षक (सई) जनकबहादुर थापालाई निलम्बन गर्न बाँकी छ । ‘प्रनानीलाई निलम्बन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई भएको हुनाले उपत्यका बाहिरबाट प्रहरी महानिरीक्षक फर्केपछि निर्णय गर्नुहुन्छ’ प्रहरी प्रवक्ता कुँवरले भने–‘समितिको सिफारिस अनुसार सबैलाई विभागीय कारबाही अघि बढ्छ ।
समितिले प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र वेद विष्ट तथा डिएसपीहरू सुगन्ध श्रेष्ठ र रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ