
अश्लिल फिल्म प्रकरण : गहनाको जमानत याचिका अदालतद्वारा अस्वीकार
अभिनेत्री गहना वशिष्ठको जमानत याचिका अदालतले अस्वीकार गरेको छ । अश्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो । एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्माता विरुद्ध मालवानी पुलिस स्टेशनमा एफआइआर दर्ता गरेकी थिइन् । पुलिस स्टेशनमा दर्ता भएको उक्त मुद्दा समेत अहिले मुम्बई क्राइम ब्रान्चमा पुगेको छ ।
गहना फेब्रुअरी महिनामा पनि अश्लिल भिडियो छायाँकन र प्रसारणको मामलामा पक्राउ परेकी थिइन् । गहनाको वास्तविक नाम वन्दना तिवारी हो । उनको जन्म छत्तीसगढको चिमरी गाउँमा भएको थियो । उनको सानैदेखि अभिनय र मोडलिङमा रुचि थियो । उनले २०१२ मा मिस एसिया बिकिनीको उपाधि पनि जितेकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार गहनाले अहिलेसम्म ७० बढी विज्ञापन अभिनय गरिसकेकी छन् । पछिल्लो पाँच बर्षमा उनले साउथका मात्र ३० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । पछिल्लो समय राज कुन्द्राको मामिलामा उनी लगातार चर्चामा छाउने गरेकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ