शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान

शुक्रबार, २९ साउन २०७८, ०८ : ५०
शुक्रबार, २९ साउन २०७८

त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ ।

मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो ।

अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ । 

गर्मी मौसम सुरु भएसँगै काठमाडौँमा उडुस र साङ्लाले सताएको पाइन्छ । 

यसैगरी, त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकाय अन्तरगत महेन्द्ररत्न क्याम्पसमा एम.एड विज्ञान शिक्षा र अधिनास्तक (PGD) तहमा नयाँ भर्ना खुलेको जानकारी दिएको छ । त्रिविले अनलाइन माध्यमबाट अध्ययन र अध्यापन हुने तीन सेमेष्टरएम.एड विज्ञान शिक्षा र अधिनास्तक (PGD) तहमा सामाजिक अध्ययन शिक्षा र गणित शिक्षा कार्यक्रमको लागि फारम वितरण हुने गरी भर्ना आवेदन आह्वान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप