
एनआरएन युरोप संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सिना आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा फेरि चुनावी मैदानमा खडा हुने भएका छन् । उनले युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
एनआरएनभित्र लोकप्रिय छवि बनाएका उनी नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित भएका थिए । मिलनसार र सहयोगी भावका उनी सबैसँग मिलेर काम गर्ने एनआरएनका नेताका रुपमा चिनिन्छन् ।
सन् २००७ देखि एनआरएनमा आवद्ध बेलायत निवासी तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए।
एनआरएनका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियन्ताहरुसँग निकट सम्बन्ध रहेका उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ